स्विमिङ पुलमा मृत्युभएपछि अनुसन्धानको माग गर्दै जाहेरी
कास्की | असार ६, २०७९
कास्की: पोखरा महानगरपालिका ३ तेर्सापट्टीस्थित सिएम स्विमिङ पुलमा डुबेर एक किशोरको मृत्यु भएपछि जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दिएका छन् ।
मापडण्ड पुरा नभएकै कारण १३ वर्षिय किशोर दिपेश शर्माको स्विमिङ पुलमा डुबेर मृत्यु भएपछि थप अनुसन्धानको माग गर्दै हिजो (आइतबार) आफन्तले जाहेरी दिएका हुन् ।
जाहेरी दर्तापछि उक्त घटनाबारे थप अनुसन्धान भइरहेको कास्की प्रहरीका निमित्त प्रवक्ता तथा प्रहरी निरिक्षक ज्ञान बहादुर खड्काले बताए । ‘जाहेरी नदिइकन प्रक्रिया अघि बढ्दैन । उहाँको बुवा आमा दिन सक्ने अवस्थामा हुनुहुन्थेन, प्रहरी निरिक्षक खड्काले सुनगाभा न्यूजसँग भने, ‘हिजो नै जाहेरी दिनुभएको छ । थप अनुसन्धान हुन्छ । सायद दाहसंस्कार पनि गरिसक्नुभयो होला ।’
पर्वत घर भई पोखरा महानगरपालिका ५ मालेपाटन बस्दै आएका १३ वर्षिय दिपेश शर्मा आमासँग गत शनिबार पौडी खेल्न सिएम स्विमिङ पुल पुगेका थिए । सोही क्रममा बेपत्ता भएका शर्मालाई डुबिरहेको अवस्थामा ११ फिट गहिराइमा भेटिएको थियो ।
उद्धार पश्चात थप उपचारका लागि फिस्टेल अस्पताल पुर्याउँदा चिकित्सक टोलीले मृत घोषणा गरेको थियो ।
मृतक दिपेशका आफन्तले कास्की प्रहरीलाई जाहेरी दिदैं स्विमिङ पुलमाथी अनुसन्धान गरि आवश्यक कारवाही गर्नुपर्ने माग राखेको छ ।
बैतडीः आसन्न निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग जोडिएको बैतडीको सीमानाका झुलाघाट तीन दिन बन्द हुने भएको छ । मतदान हुनुभन्दा ७२ घण्टा पहिलादेखि सीमानाका बन्द हुने प्रमुख जिल्ला अधिकारी कृष्ण था...
गोरखाः चट्याङ लागेर गोरखा बुंकोटमा एक जना बालिकाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । आज दिउँसो ४ बजेतिर परेको चट्याङ लागेर सहिद लखन गाउँपालिका–८ बुंकोटकी १२ बर्षीया दिलिशा घर्ती मगरको मृत्य...
काठमाडौंः फरक राजनीतिक दल वा उम्मेदवारलाई निर्वाचन प्रचारप्रसारमा कुनै अवरोध गरेको पाइए रु दुई लाख बराबरको जरिवाना हुने भएको छ । सङ्घीय कानुन बमोजिम निर्वाचनको प्रचारप्रसार गर्न वा मतदानको अधिकार...

